NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला !

nepaltube

एजेन्सी, विश्व नम्बर एक टेनिस खेलाडी तथा सर्बियाली नागरिक नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला गरिएका छन् । ३४ वर्षीय जोकोभिचको भिसा रद्द गर्ने सरकारको फैसलालाई संघीय अदालतले सदर गरेसँगै उनलाई अस्ट्रेलियाबाट देशनिकाला गरिएको हो ।

सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णयलाई अदालतले कानुनसम्मत ठहर गरिदिएको छ । अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने फैसला गरेका हुन् । अदालतको फैसलासँगै जोकोभिचले अब अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन् ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार