एआइबिटी खारेजीपछि अब विद्यार्थीले के गर्ने ? समाधानको उपायसहित
अभिमानसिंह बस्नेत / ब्रिजवेन
वर्तमान अवस्थामा अष्ट्रेलियामा देखिएको नेपाली विद्यार्थीको समस्याका बारेमाः
अष्ट्रेलियमा यहाको नागरिकलाई पढाउनका लागि आर टि ओ नम्बर लिनुपर्छ । भने विदेशी विद्यार्थी पढाउन भने CRICOS CODE हुनुपर्छ । हिजोसम्म केलज, विद्यार्थी र परामर्शदाताको आ आफ्नै समस्या थिए होलान् । अब यो सबै समस्याको निराकरण गर्ने भनेको अष्ट्रेलियन सरकार मातहत रहेको ट्युसन प्रोटेक्सन सर्भिस टिपिएसले हो ।
अष्ट्रेलिया पढ्न आउन विद्यार्थीहरुले जि टि ई अर्थात जेन्युन टेम्पोररी इन्ट्रान्टको मापदण्ड पुरा गर्नुपर्छ । जसमा पढ्ने स्पष्ट उदेश्य, पढ्न सक्ने आर्थिक क्षमता, पढ्न आउनुको कारण, पढ्ने कलेको बारेमा विस्तृत अध्ययन र पढाइ सकेर आफ्नै देश फर्कि काम गर्ने योजना मुख्य रुपमा समेटिएको हुन्छ ।
यो सबै कुरा विस्तृतमा व्याख्या गरिएको स्टेटमेन्ट अफ प्रपोज विद्यार्थीले कलेज र अध्यामनलाई लेखेर बुझाउनुपर्छ । विद्यार्थीको स्टेटमेन्ट अफ प्रपोज चित्त बुझ्दो भए मात्र अध्यागमनले भिसा दिन्छ ।
यो सब कुराको जिम्मेवार कलेज, परामर्शदाता, अभिभावक र विद्यार्थी हुनेगर्छ ।
अहिलेको अवस्थामा के गर्ने ?
अष्ट्रेलिया पढ्न आउने हरेक विद्यँर्थी टिपिएसद्वारा सुरक्षित हुन्छन् । कलेज बन्द हुनु भनेको एउटा दुर्घटना हो । अब सबै जना मिलेर यसको समाधान खोज्ने बेला आएको छ ।
विद्यार्थीले के गर्ने
१. सबैभन्दा पहिला टिपिएसमा आफ्नो नाम दर्ता गर्ने । जसका लागि यसमा क्लिक गर्नुहोस् ।
२. टिपिएसको जवाफ केही समय पर्खिने । उनीहरुले तपाईलाई अवश्यपनि केही दिन भित्रमा सम्पर्क गर्छन् ।
३. टिपिएससंग निर्धक्कसंग सहि र सत्य कुरा बोल्ने, जसले गर्दा तपाईको समस्याको सहि समाधान निकाल्न सजिलो हुनेछ ।
४. परामर्शदाता रोज्दा गरिएको गल्ती फेरि नदोहो¥याउने ।
५. आफ्नो पढाइ कसरी चाडो र राम्रोसंग पुरा गर्न सकिन्छ भनेर ध्यान दिने ।
तपाइको विस्तृत विवरण तपाई आफैले टिपिएसमा दर्ता गर्नुपर्ने हुन्छ । पछि तपाईको सहयोगका लागि असल परामर्शदाता नियुक्त गर्न सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया