Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsचिप्लिएर पानीमा खसेका नेपाली विद्यार्थी बेपत्ता

चिप्लिएर पानीमा खसेका नेपाली विद्यार्थी बेपत्ता


सिड्नी
सिड्नीकाे निकै चर्चित फिगर ऐट पाैडी पाेखरीमा एक नेपाली विद्यार्थी डुबेर वेपत्ता भएका छन् ।
साेमबार दिउसाे चट्टानबाट चिप्लिएर २५ वर्षिय ती युवा पाेखरीमा खसेकाे प्रहरीलाई उदृत गर्दै न्युज सेभेनले जनाएकाे छ । उनीसंगै चिप्लिएर पाेखरीमा खसेका अर्का युवाकाे भने सकुशल उद्दार गरिएकाे छ ।
राेयल राष्ट्रिय निकुञ्जमा पर्ने साे क्षेत्रमा ती युवा केही साथीभाईसंग घुम्न गएका थिए । वेपत्ताकाे खाेजीका लागि व्यापक उद्दारकर्ता परिचालन गरिएकाे छ ।

ती नेपाली विद्यार्थी ओलङ्गन विश्व विद्यालयमा पढ्ने एनआरएन प्रवक्ता डिला खरेलले जानकारी दिनुभयाे ।
समुन्द्रकाे चट्टानमा अग्रेजी ८ आकारमा बनेकाे पाेखरी सिड्नीकाे लाेकप्रिय पर्यटकिय स्थल हाे ।
निकै तिव्र रुपमा आउने छाल पाेखरी वरपरकाे चट्टानसम्म पुग्ने गर्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ