NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

गाेजीमा दाम छैन’ भन्दै ‘सालकाे पात’ मा नाचे आमाबुवा (भिडियाेसहित)

Nepaltube Australia

सिड्नी

अष्ट्रेलिया घुम्न आएका सात सय अभिभावक एकै ठाउमा भेला भएर वनभाेज खाएका छन् । 

शनिवार सिड्नीबाट झण्डै १ सय ३० किलाेमिटर दक्षिणमा पर्ने फिट्स राेय झरना नजिकै अभिभावकले वनभाेज खाएका हुन् । 

गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका एनएसडब्लु र क्यानवेरा मिलेर वनभाेजकाे आयाेजना गरेकाे हाे । 

नेपालबाट आफ्ना छाेरीछाेरा भेट्न आएका सिड्नी र क्यानवेराका बुवाआमा वनभाेजमा सहभागि भएका थिए । १४ वटा बसमा चढेर वनभाेजमा पुगेका अभिभावकहरु दिनभरी नाचगान गरेर रमाएका थिए ।

उनीहरुले ‘सालकाे पात टपरी’, ‘गाेजीमा दाम छैन’ जस्ता अहिलेकाे चर्चित गितमा नाचेर रमाईलाे गरेका थिए । 

वनभाेजमा सारै रमाईलाे भएकाे एक अभिभावकले बताउनुभयाे । 

‘दिनभरी घरमै बसिरहदा एक्लाे महसुस भएकाे थियाे’- ति अभिभावकले भने-‘ पिकनिकमा नेपाल भरिका साथीभाई भेटेर नाचगान गर्न पाउदा आनन्द भयाे’ । ३ देखि ६ महिना बस्ने गरि अष्ट्रेलिया आउने अभिभावकहरु छाेराछाेरी काममा गएपछि एक्लाे हुने गरेका छन् । 

अभिभावककाे एक्लाेपन हटाउन एनआरएनए अष्ट्रेलियाले ४ वर्षदेखि वनभाेज गर्दै आएकाे छद। 

“अभिभावकहरुलाई नेपाली समाजमा घुलमिल गर्न हामीले चार वर्षदेखि वर्षेनी वनभोज आयोजना गरिरहेका छौ”- एनआरएनएका एनएसडब्लु संयोजक नन्द गुरुङले भने -“यसले उहाँहरुको एक्लोपन हटाउन सहयोग गर्नेछ” ।

वनभाेजमा वुवाआमाका लागि स्वास्थ्य परिक्षण शिविर समेत राखिएकाे थियाे । 

वनभोज कार्यक्रममा सहभागी हुन अभिभावकले ३० डलर तिरेका थिए । अर्काे वर्षदेखि निशुल्क रुपमा वनभाेज गर्ने तयारी रहेकाे संयाेजक नन्द गुरुङकाे भनाई छ । बस भाडा र खानाका लागि न्युनतम शुल्क लिएकाे भन्दै केही गुनासा पनि आएकाले अर्काे वर्षदेखि केही परिवर्तन गर्ने गुरुङकमे भनाई छ । 

कार्यक्रममा कथाले नेपालकाे जेलमा बनेका बासँका मुढासमेत प्रदर्शन गरेकाे थियाे । 

 

भाषण कम गराैं

वनभाेज कार्यक्रम रमाईलाे हुदाहुदै पनि धेरै भाषणले अलि खल्लाे भएकाे अभिभावकहरुकाे गुनासाे छ । 

नेपालट्युबलाई प्रतिक्रिया दिदै एक अभिभावकले भने नाच्दानाच्दै बिचबिचमा धेरै भाषण गरिएकाले आफुले साेचे जस्ताे रमाईलाे गर्न नसकेकाे गुनासाे गरे । 

वनभाेज भनिएपनि नेपाली समाजका अगुवाहरुले लम्वेतान भाषण गरेका थिए । 

नजिकिदाे एनआरएनकाे निर्वाचनलाई समेत ख्याल गरेर अगुवाहरुले वनभाेजलाई भाेट बढाउन समेत प्रयाग गर्न भ्याए । 

हुन त, अष्ट्रेलियाकाे नेपाली समाजमा हुने सांस्कृतिक कार्यक्रम हाेस् या च्यारिटी डिनर लम्वेतान भाषण राेग नै बनिसकेकाे छ । 

अष्ट्रेलिया जस्ताे विकसित र हर सेकेण्डकाे महत्व हुने देशमा आएर समेत नेपालीहरु भाषणमै रमाएकाे देखेर अभिभावकहरुले दुख व्यक्त गरे ।

 भिडियाे हेर्नुस्

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार