सिड्नीकाे फिगर ऐट पुलमा शव भेटियाे । नेपाली विद्यार्थी हुन सक्ने ।

सिड्नी
सिड्नी नजिकै रहेकाे फिगर ऐट पुलमा एक व्यक्तीकाे शव भेटिएकाे छ ।
राेयल नेश्नल पार्क नजिकैकाे समुन्द्री तटमा रहेकाे अग्रेजी आठ आकारकाे पाेखरी भन्दा ८ सय मिटर पर शव भेटिएकाे एनएसडब्लु प्रहरीले जनाएकाे छ ।
पैदलयात्रीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
भेटिएकाे शव डेढ महिनादेखि हराईरहेका नेपाली विद्यार्थीकाे हुनसक्ने प्रहरीकाे अनुमान छ । यदपी शवकाे शनाखत भने हुन बाँकी छ ।

गत फेव्रवरी २५ मा घुम्न गएका एक नेपाली विद्यार्थी समुन्द्रकाे छालसंगै पाेखरी नजिकै खसेर वेपत्ता भएका थिए । प्रहरीले केही दिनसम्म हवाई, जल र पैदल हिडेर खाेजी गरेपनि भेटिएकाे थिएन ।
उनीसंगै चिप्लिएर पाेखरीमा खसेका अर्का युवाकाे भने सकुशल उद्दार गरिएकाे थियाे ।
नेपाली विद्यार्थी खसेकाे स्थानबाट तयार याे भिडियाे रिपाेर्ट
तपाईको प्रतिक्रिया