क्यालिफोर्नियाको राष्ट्रिय निकुञ्जमा भिषण आगो, नजिकको वस्ती सुरक्षित गरियो !
ब्रिजबेन । क्यालिफोर्नियाको योसेमाइट जङ्गलको आगो दोब्बर भन्दा बढी आकारमा बृद्धी भएको पाइएको छ । योसेमाइट राष्ट्रिय निकुञ्जको विशाल सेक्वियासको सबैभन्दा ठूलो ग्रोभलाई खतरामा पार्ने गरि लागेको आगो एक दिनमा नै दोब्बरभन्दा बढी आकारमा विस्तार भएको हो ।
आगोलागीबाट हुनसक्ने बस्ती क्षेत्रको जोखिमलाई मध्यनजर गर्दै आगो नजिक रहेका शिविर र बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ
जंगल क्षेत्रबाट निस्किने धुवाँको मुस्लोले वायुलाई अस्वास्थ्यकर बनाएको भन्दै सचेत गराइएको छ । अग्नी नियन्त्रकहरूले केही जोगाउैपर्ने रूखहरू र एउटा सानो पहाडी सहरको रक्षाका लागि प्रयास गरिरहेका छन् ।
आगोसँगै धुवा बढेको भन्दै योसेमाइट अग्नि सूचना प्रवक्ता न्यान्सी फिलिपले पार्क क्षेत्रको सुरक्षा र भौतिक तथा मानविय जोखिम रोक्ने प्रयास जारी रहेको बताउनुभएको छ ।
तपाईको प्रतिक्रिया