सिड्नी/ अष्ट्रेलियामा बैंकहरुको ब्याजदर फेरि बढेको छ । आज केन्द्रिय बैंक रिजर्भ बैंक अफ अष्ट्रेलिया आरबिएले लगातार दशौ पटकब्याजदर बढाएको हो । आज बसेको केन्द्रिय बैंकको बोर्ड बैठकले अफिसियल ब्याजदरमा ०.२५ प्रतिशत वृद्धि गरेको हो । यो वृद्धिसंगैकेन्द्रिय बैंकको ब्याजदर ३.६ प्रतिशत पुगेको छ ।
यहि दर अनुसार अन्य बैंकहरुले पनि आफ्नो व्याजदर बढाउने गर्छ । आरबिएले पछिल्लो १० महिनामा हरेक महिना एक पटक ब्याजदर बढाउदै आएको छ । १० महिनासम्म आरबिएको व्याजदर केवल ०.१प्रतिशत मात्र थियो ।
यो व्याजदर वृद्धिसंगै घर किन्न वा अन्य ऋण लिदा उपभोक्ताले तिर्नुपर्ने ब्याजदरको रकममा भारी वृद्धि भएको छ। एक तथ्यांक अनुसार व्याजदर बढ्नु अघि भन्दा अहिले ५ लाखको मोर्गेज तिर्दा उपभोक्ताले महिनाकै १ हजार डलर बढी व्याजदरकोरकम तिर्नुपर्ने भएको छ ।
वृद्धि भएको व्याजदर सन् २०१२ पछि कै सबैभन्दा धेरै हो । बढ्दो मंहगीलाई नियन्त्रण गर्न व्याजदर बढाएको आरबिएको भनाई छ ।
ट्याग : #cash, #rate, #Rba
तपाईको प्रतिक्रिया