Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअपराधमा बढ्दै बालबालिकाको संलग्नता,कडा कानुनको माग गर्दै संसद भवनअघि प्रदर्शन !

अपराधमा बढ्दै बालबालिकाको संलग्नता,कडा कानुनको माग गर्दै संसद भवनअघि प्रदर्शन !


मेलबर्न । जघन्य अपाराधमा संलग्न बालबालिका माथि कडा कारबाहीको कानुनी व्यवस्था माग गर्दै नेपाली, भारतीयसहितको सिंगो समुदायले संसद भवनमा पुगेर धर्ना दिएको छ । अगस्ट १९ शनिबार मेलबर्नको फेडरेसन स्क्वायरमा भेला भएर भिक्टोरिया राज्यको संसद भवनसम्म पुग्दै कडा कानुनी व्यवस्थाका लागि दबाबमुलक कार्यक्रम गरिएको हो ।

करिब एक महिनाअघि नेपाली बालकमाथी छुरा प्रहार भएको घटनालाई लिएर यतिबेला बेलबर्नमा कडा कानुनको माग गर्दै नेपालीसँगै मेलबर्नको सिंगो समूदाय आन्दोलित भैरहेको छ । साथीहरुसँग बास्केटबल खेलिरहेको समयमा ६, ७ जनाको समूहमा आएका बालबालिकाको आक्रमणमा परेर घाईत भएका १६ वर्षीया बालक रायन सिंह उपचारपछि घर फर्किएपनि बालबालिकाको संलग्नतामा हुने अपराधविरुद्ध कडा कानुन माग गर्दै आन्दोलनले थप बिस्तार पाएको छ । मेलबर्नका कानुनव्यवसायी टोनु घोतानेले फितोलो कानुनका कारण एउटै बालबालिका बारम्बार अपराधमा संलग्न भएको पाइएको भन्दै कडा कानुनी व्यवस्थाले बालबालिकामा बढ्दो अपराध नियन्त्रणमा भुमिका खेल्ने नेपालट्युबलाई जानकारि दिनुभयो ।

अपराधमा संलग्न बालबालिकालाई युवा न्याय प्रणाली अन्तर्गत कारबाही गरिदा जेल नपठाएर समुदायकै निगरानीमा राखिने छुट छ । यहि कानुनी सहुलियतका कारण बालबालिका अपराधमा सक्रिय भएको र जोखिम बढेको भन्दै कानुन संशोधनको पक्षमा हरेक शनिबार दबाबमुलक कार्यक्रम र प्रदर्शनी गर्नेगरिएको छ । सन २०२१ देखी ०२२ सम्म ४५ हजार बढी बालबालिका अपराधमा संलग्न भएको अष्ट्रेलियाकै पछिल्लो जनगणना प्रतिवेदनले देखाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ