Saturday, 7 June 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमेस्सीलाई पछि पार्दै म्यान सिटीका स्टार स्ट्राइकर हालान्ड बने युरोपियन वर्ष खेलाडी

मेस्सीलाई पछि पार्दै म्यान सिटीका स्टार स्ट्राइकर हालान्ड बने युरोपियन वर्ष खेलाडी


एजेन्सी,लन्डन । स्टार फुटबलर मेस्सीलाई पछि पार्दै म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर एर्लिङ हालान्ड युरोपियन वर्ष खेलाडी बन्नुभएको छ । लियोनल मेस्सी र केभिन डे ब्रुना पनि मनोनयनमा परेको भएपनि युरोपेली फुटबल महासंघ (यूईएफए) ले हालान्डलाई विजेता घोषणा गरेको हो ।

मनोनयनकै समयमा गत सिजन म्यान सिटीलाई इङ्लिस प्रिमियर लिग र युरोपियन च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका हालान्डले यो अवार्ड हात पार्ने पूर्व अनुमान गरिएको थियो । नर्वेका २३ वर्षीय हालान्डले म्यान सिटीमा आबद्ध भएको पहिलो सिजनमै ५३ खेलमा ५२ गोल गर्नुभएको थियो । यही सफलताबीच म्यान सिटी पहिलोपटक युरोपियन च्याम्पियन समेत बन्यो ।

म्यानचेस्टर सिटीलाई च्याम्पियन्स बनाएका स्टार स्ट्राइकर एर्लिङ हालान्ड स्टार फुटबलर मेस्सीलाई समेत पछि पार्दै युरोपियन वर्ष खेलाडी बनेसँगै नर्वेमा समेत खुसियाली छाएको छ । समर्थकहरुले उत्सब मनाएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ