NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

स्टार फुटबलर लिओनल मेसीलाई आठौं पटक बालोन डे’ओर अवार्ड !

nepaltube

काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर एवंम इन्टर मायमीका फरवार्ड लिओनल मेसीले आठौं पटक बालोन डे’ओर अवार्ड जितेका छन् । गत वर्ष अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि जिताउन मद्दत गरेका मेसीले फ्रान्सको पेरिसमा आयोजित समारोहका बीच अवार्ड हात पार्नुभएको हो ।

मेसीले म्यानचेष्टर सिटीका एर्लिङ हालान्डलाई पछि पार्दै आठौँ पटक अवार्डमाथी कब्जा जमाए । ‘विश्वकप जित्न सक्षम हुँदै मेरो सपना पूरा गरेर फेरि एकपटक यहाँ उपस्थित भएर यो क्षणलाई इन्जोए गर्नु उत्कृष्ट हो,’ मेसीले अवार्ड जितेपछि छोटो प्रतिक्रिया दिने क्रममा बताउनु भएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार