Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsडोटीमा जिप दुर्घटनामा परेर ४ जनाको मृत्यु, ५ जना घाइते !

डोटीमा जिप दुर्घटनामा परेर ४ जनाको मृत्यु, ५ जना घाइते !


काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका ६ को अण्यौलस्थित केआई सिंह राजमार्गमा बोलेरो जिप दुर्घटना भएको हो ।

धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारि दिएको छ । मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका ५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकि ८ महिने छोरी प्रार्थना रहेका छन् । दुर्घटनाबाट हिमाली गाउँपालिका ५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र राजबहादुर मलाल घाईते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये विमलाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ भने चालक गौमुल गाउँपालिका ४ काडाकोटका २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको वास्तविकताको खोजी गरिरहेको छ । एक्कासी अनियन्त्रित भएर जिप सडकबाट करीब ६० मिटर तल खसेको भएपनि प्रहरीले दुर्घटनाको कारण खोजिगरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ