अत्यधिक वर्षाको सम्भावना, पोखराका र विराटनगर महानगरका विद्यालय दुई दिन बन्द

विराटनगर महानगरपालिकाले भारी वर्षाबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अनुसार आज र भोलि महानगरभित्रका विद्यालय बन्द रहनेछन्।
यसअघि पोखरा महानगरपालिकाले सम्भावित बाढी, पहिरो र अतिवृष्टिको जोखिमलाई मध्यनजर गर्दै दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।
पोखरा महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय आज ८ गते र भोलि ९ गते बन्द रहनेछन्।
मेयर धनराज आचार्यका अनुसार बन्द गरिएका दुई दिनलाई पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिनेछ।
मौसम पूर्वानुमान महाशाखाले गण्डकीसहित विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना जनाएपछि पूर्वसावधानी स्वरूप विद्यालय बन्द गरिएको जनाएको छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…






