बालेन र अस्ट्रेलियाली प्रधानमन्त्रीबीच राष्ट्रसंघमा भेटवार्ता
नेपालट्युब

नेपालमा बाढीपहिरोले ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री बालेन शाह र अस्ट्रेलियाका प्रधानमन्त्रीबीच संयुक्त राष्ट्रसंघको महासभाको क्रममा भेटवार्ता भएको छ।
भेटमा अस्ट्रेलियाका प्रधानमन्त्रीले बाढीपहिरोबाट प्रभावित नेपालीप्रति समवेदना व्यक्त गर्दै नेपाललाई आवश्यक सहयोगका लागि अस्ट्रेलिया साथमा रहेको बताएका छन्।
उनले अहिलेसम्म अस्ट्रेलियाले नेपालका लागि गरिरहेको सहयोगबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अस्ट्रेलियाली प्रधानमन्त्रीले बाढीपहिरोमा परी अझै सम्पर्कविहीन रहेका अस्ट्रेलियाली नागरिकका परिवार तथा आफन्तप्रति पनि सहानुभूति व्यक्त गरेका छन्।
उनले नेपाललाई आवश्यक पर्ने ठाउँमा सहयोग पुर्याउन अस्ट्रेलियाले निरन्तर काम गरिरहने बताएका छन्।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…








