संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह मंगलबार आज न्युयोर्क जाँदै छन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका प्रधानमन्त्री शाहले बिहीबार महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।
न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन्।
प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू प्रतिनिधिमण्डलमा सहभागी छन्।
परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागी हुन आइतबार नै न्यूयोर्क पुगिसकेको छ।
प्रधानमन्त्री शाह महासभामा सहभागी भएर शुक्रबार नेपाल फर्किने कार्यक्रम छ। परराष्ट्रमन्त्री खनाल भने सेप्टेम्बर २९ मा नेपाल फर्किनेछन्।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







