ताप्लेजुङमा भीषण आगलागी, जले १० घर
नेपालट्युब

ताप्लेजुङको मेरिङदेन गाउँपालिका- ३ दोभानमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट हालसम्म १० वटा घर जलेका छन्।
आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको छ।
करिब ५० घरधुरी रहेको बाक्लो बस्तीमा आगलागी भएको हो। आगलागीको कारण भने खुल्न सकेको छैन।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







