NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमन रोक

नेपालट्युब

धादिङमा भारी वर्षाका कारण पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमन रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले आज राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म राजमार्गमा सवारी चलाउन रोक लगाएको हो।

बाढी, पहिरो र डुबानको जोखिम बढेको तथा आगामी दिनमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमानपछि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।

प्रशासनले जोखिमयुक्त क्षेत्रमा नजान तथा मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

साथै, सम्बन्धित निकायले जारी गर्ने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न यात्रु तथा चालकलाई अनुरोध गरिएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार