सुनका गहना घोषणा नगर्दा यात्रुले तिरे २ लाख ५९ हजार डलर
नेपालट्युब

अस्ट्रेलियन बोर्डर फोर्सका अनुसार गहनाको मूल्य १३ लाख अस्ट्रेलियन डलरभन्दा बढी थियो।
उनले आयात घोषणा नगरेपछि ५० हजार ४४८ डलर जरिवाना तथा कर र शुल्कबापत करिब २ लाख ९ हजार डलर तिर्नुपरेको थियो।
अस्ट्रेलियामा १ हजार डलरभन्दा बढी मूल्यका आयातित सामानका लागि आयात घोषणा आवश्यक पर्ने बोर्डर फोर्सले जनाएको छ।
व्यक्तिगत रूपमा विदेशमा १२ महिना वा सोभन्दा बढी समयदेखि स्वामित्वमा राखेर प्रयोग गरेका सामान भने निश्चित सर्तमा कर तथा शुल्क छुटमा ल्याउन सकिने व्यवस्था छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…








