Thursday, 17 October 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsटि–२० विश्वकप : नेपाल बलियो दक्षिण अफ्रिकाको सामना गर्दै, सन्दीपमा टिमको आशा !

टि–२० विश्वकप : नेपाल बलियो दक्षिण अफ्रिकाको सामना गर्दै, सन्दीपमा टिमको आशा !


काठमाडौं । नवौँ संस्करणको आइसीसी टि–२० विश्वकप अन्र्तगत नेपालले आफ्नो तेस्रो खेल दक्षिण अफ्रिकासँग खेल्दैछ । खेल शनिबार विहान सवा ५ वजे वेष्ट इन्डिजको आर्नाेस भेल स्टेडियममा हुन लागेको हो ।

एक खेल अगाबै सुपर ८ मा सुरक्षित बनेको अफ्रिका जित्नकै लागि मैदानमा उत्रिनेछ । नेपाल पहिलो जितको खोजिमा मैदान उत्रिदैछ । यसअघिका दुई खेलमध्ये एक खेलमा हार र एक खेलमा अंक बाडेको नेपाललाई अफ्रिकाविरुद्ध जित निकालेर इतिहास रच्ने मौका रहेको छ । नेपाली टोलीमा सन्दीप जोडिएसँगै उत्साह थपिएको छ । नेपाली क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले सिंगो टिम उच्च मनोबलसहित जित निकाल्नेगरि मैदान उत्रिने बताउनुभएको छ । अमेरिकामा भएको एउटा खेलमा सन्दिप बिनै नेपाली टिम मैदान उत्रिएको थियो । बाँकी दुबै खेल जित्नुपर्ने दबाबमा रहेको नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल कस्तो खेल्छ ? नेपाली क्रिकेट प्रेमीहरु प्रतिक्षारत छन् ।

नेपाल सुपर ८ मा पुग्न गर वा मरको अवस्थामा
नेपालको समूहमा साउथ अफ्रिका सुपर ८ मा पुगिसकेको छ । श्रीलंका आउट भएपछि अब बंगलादेश, नेपाल र नेदरल्यान्डसमध्ये एक टीम सुपर ८मा पुग्नेछन। बंगलादेश ३ खेलमा दुई जितसहित ४ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा छ । अन्तिम खेलमा नेपाललाई जित्यो भने बंगलादेश सुपर८ मा स्वत पुग्ने छ । नेदरल्यान्डसले तीन खेलमा एक जित र दुई हारसहित २ अंक जोडेको छ । एक खेल हारेको नेपाल, एक नो रिजल्टको सहायताले एक अंकसहित चौथो स्थानमा छ । नेपालले बाँकी दुई खेलमा जित निकाल्न सकेमा बंगलादेश र नेदरल्यान्डसलाई रोक्दै सुपर ८ मा पुग्नेछ। एक खेलमा पराजित भयो भने नेपालको सम्भावना स्वतः समाप्त हुन्छ । नेपाल र साउथ अफ्रिकासँगको खेल रद्द भएर अन्तिम खेलमा बंगलादेशलाई हरायो भने नेट रनरेटका आधारमा सुपर ८ को छिनोफानो हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ