Saturday, 15 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालको कसिलो बलिङमा चल्नसकेन दक्षिण अफ्रिका,११६ रनको चुनौती !

नेपालको कसिलो बलिङमा चल्नसकेन दक्षिण अफ्रिका,११६ रनको चुनौती !

नेपाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा


काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपालसामु११६ रनको लक्ष्य प्रस्तुत गरेको छ । वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएक‍ो हो ।

दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिदा कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । क्वीन्टन डी ककले ११ बलमा १० रन मात्रै जोड्न सके ।

दक्षिण अफ्रिकालाई सस्तोमा समेट्ने क्रममा नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारे । ४ ओभर बलिङ गर्दै उनले १९ रन दिए । ४ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चिएका दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । नेपाली टिममा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै १८ रन खर्चिए पनि विकेट लिएर किर्तिमानी रेकर्ड राख्न चुके ।

नेपाल १ सय १६ को लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ