NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

न्यु क्यासलमा नेपाली विद्यार्थीमाथि दुर्व्यवहार र कुटपिटको आरोप

Nepaltube Australia

अस्ट्रेलियाको न्यु क्यासलमा नेपाली विद्यार्थीमाथि सार्वजनिक बसमा दुर्व्यवहार र कुटपिट भएको आरोप लागेको छ।

न्यु क्यासल विश्वविद्यालयमा अध्ययनरत २१ वर्षीया विद्यार्थीलाई तीन युवतीले गालीगलौज गर्दै धक्का दिएको र थप्पड हानेको प्रत्यक्षदर्शीको भनाइ छ।

घटनापछि विद्यार्थी नेतृ गजेल कबरले प्रहरीलाई खबर गरेको र घटनाबारे प्रहरीमा रिपोर्ट गरिएको जनाइएको छ।

पीडित विद्यार्थी अहिले सुरक्षित रहेको र न्यु क्यासलमा रहेका नेपाली विद्यार्थीहरूले उनलाई आवश्यक सहयोग गरिरहेको बताइएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार