Monday, 17 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ, कहाँबाट आयो ४८ लाख नगद ?

६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ, कहाँबाट आयो ४८ लाख नगद ?


काठमाडौं । करिब ६ किलो सुन र ४८ लाख नगदसहित एक चिनियाँ नागरिक प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को फन्दामा परेका छन् । सीआईबीले कपनबाट ६ किलो सुन र ४८ लाख नगद सहित गएराति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

सुनको तौल परिक्षण लगायत अनुसन्धानको काम जारी रहेको भन्दै सीआईबीले पक्राउ परेका चिनियाँ नागरिकको विवरण गोप्य राखेको छ । सुनको तौल परीक्षणको काम भैरहेको बताइएको छ । पक्राउ चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीमै रहेको व्यक्ति हुन । यसैगरी सुन तस्करीमा संलग्न भएको आरोपमा भारतको दिल्लीमा समेत २ जनालाई पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुलाई नेपाल ल्याउने तयारी भइरहेको सीआईबीले जनाएको छ । कपनबाट अहिले बरामद भएको सुन १ किलो लेखिएको ६ थान रहेको छ । उक्त सुन ६० किलो र विद्युतीय चुरोट (भेप)मार्फत नभई स्थलमार्गबाट तस्करी भएर आएको हुनसक्ने आँकलनसहित सीआईबीले थप अनुसन्धान गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ