NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

प्रधान सेनापति सिग्देल र चिनियाँ रक्षामन्त्री डोङबीच भेट

Nepaltube Australia

चीन भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री डोङ जुनसँग शिष्टाचार भेट गरेका छन्।

बुधबार बेइजिङमा भएको भेटमा नेपाल- चीनबीचको आपसी हित तथा सैनिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

भेटका क्रममा दुई देशबीचको सैनिक सहकार्य र आपसी हितका विषयमा कुराकानी भएको जनाइएको छ।

प्रधान सेनापति सिग्देलले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमणसमेत गरेका छन्।

उनी बेइजिङमा आयोजित १३औँ बेइजिङ सियाङशन फोरमको उद्घाटन सत्रमा समेत सहभागी भएका थिए।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार