Wednesday, 26 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रचण्ड सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पारित, चर्को आलोचना !

प्रचण्ड सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पारित, चर्को आलोचना !


काठमाडौं। प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट पारित भएको छ । मंगलबार बजेटमाथीको मन्त्रालयगत विनियोजन शिर्षकमा प्रधानमन्त्री, मन्त्री र सांसद बिचको सवालजवाफ सकिएपछि प्रतिनिधिसभा बैठकबाट बहुमतले बजेट पारित भएको हो ।

बजेटमाथीको शैदान्तिक, विनियोजन शिर्षक, योजनामाथी छलफल सकेर अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उपसभामुख इन्दिरा रानाले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दै बहुमतले पारित भएको घोषणा गर्नुभएको छ । सरकारको तर्फबाट अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते संसद‍‍्मा बजेट प्रस्तुत गर्नुभएको थियो ।

छलफलका क्रममा बजेटका कतिपय योजना, मन्त्री र सत्ता पक्षका प्रभावशाली सांसदको निर्वाचन क्षेत्रमा बजेट खन्याइएको भन्दै चर्को आलोचना भएको थियो । सिथिल अर्थतन्त्रलाई गतिशिल बनाउन, आत्मनिर्भर अर्थतन्त्र, पूर्वाधार विकास मार्फत देशलाई समृद्ध, नागरिकलाई सुखी, खुसी बनाउने सवालमा बजेट प्रभावकारी नहुने भन्दै प्रतिपक्षी दलका सांसदसँगै सत्ता पक्षकै आलोचना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनले व्यहोर्नुपरेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ