Friday, 19 July 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमहिला एशिया कप टी–२० क्रिकेट : यूएईलाई हराएर नेपालको शानदार सुरुवात !

महिला एशिया कप टी–२० क्रिकेट : यूएईलाई हराएर नेपालको शानदार सुरुवात !


काठमाडौं । श्रीलंकामा शूरु भएको महिला एशिया कप टी–२० क्रिकेटमा नेपालले युएईमाथी ६ विकेटको ऐतिहासिक जित निकाल्दै नेपालले बिजयी शूरुवात गरेको छ । ओपनर ब्याट्सवुमन सम्झना खड्काले एक सय १६ रनको लक्ष्य पछ्याएको नेपालका लागि अबिजित ७२ रनको सानदार इनिङ खेल्दै शानदार जित दिलाएकी हुन । अहिलेसम्म तिन एसिया कप खेलेको नेपालले पहिलो जित हात पार्दै ऐतिहासिक सफलता प्राप्त गरेको हो ।

श्रीलंकाको दम्बुलामा टस हारेर पहिले ब्याटिङ गरेको युएईले नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो । नेपालले १६ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा ग¥यो । नेपालको जितमा सम्झना खड्काले सानदार ब्याटिङ गरिन् । ओपनर ब्याट्सवुमनका रुपमा मैदानमा उत्रिएकी सम्झनाले ४५ बलमा ११ चौकासहित ७२ रन बनाईन । सम्झना अन्तिम समयसम्म क्रिजमा टिकिरहीन र चौका प्रहार गर्दै नेपाललाई जित दिलाउन सफल भईन । पूजा महतो ७ रनमा नट आउट रहिन् । नेपालका लागी सीता रानामगरले ७, कविता कुँवरले २, कप्तान इन्दु बर्माले ६ र रुविना क्षेत्रीले १० रनको योगदान दिए । यूएईकी कविसा कुमारीले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन् । यसअघि, श्रीलङ्काको दम्बुलामा टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । यूएईकी खुशी शर्माले ३६, कविशा इगोदागेले २२ रन बनाइन् । नेपालकी कप्तान इन्दु बर्माले ३ तथा सबनम राई, कृतिका मरासिनी र कविता जोशीले समान १ विकेट लिइन् ।

नवौँ संस्करणको महिला एशिया कप प्रतियोगिताको फाइनल खेल आउँदो जुलाई २८ मा हुनेछ । नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । एशिया कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्कासहित, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् । यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा नेपाल पराजित भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ