Nepalमनसुन सुरु भएको ४२ दिनमा प्राकृतिक विपत्तिमा परेर एक सय २८ जनाको मृत्यु !nepaltube|Sunday, 2024 July 21 / 12:06 amअ−अअ+ काठमाडौं– यो वर्षको मनसुन अवधि अर्थात जेठ २८ देखि आजसम्म प्राकृतिक विपत्तिमा परेर एक सय २८ जनाको ज्यान गएको छ । ४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी एक सय २८ जनाको मृत्यु र एक सय ४३ जना घाइते भएकाे प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको हो । मनसुन सुरु भएको दिन गत जेठ २८ गतेदेखी शनिबार दिउँसोसम्म बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका तथा दुई सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, एक विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी तथ्यांक रहेको छ । विपद्मा परी पाँच सय ८९ वटा पशुचौपाया मारिएका छन् । ४२ दिनको अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय ७९ घरपरिवार विस्थापित भएका छन् । मनसुनी वर्षा अझपनि जारी रहेकोतर्फ ध्यानाकर्षण गराउदै सरकारले सतर्कताका लागि सुचना जारि गर्दैआएको छ । शेयर:प्रतिक्रिया दिनुहोसटिप्पणीहरू लोड हुँदैछ…सम्बन्धित समाचारपानी परेपछि मुख्य राजमार्गहरू अनिश्चितकालका लागि बन्द२०२६ सेप्टेम्बर २६पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमन रोक२०२६ सेप्टेम्बर २५ताप्लेजुङमा भीषण आगलागी, जले १० घर२०२६ सेप्टेम्बर २५अत्यधिक वर्षाको सम्भावना, पोखराका र विराटनगर महानगरका विद्यालय दुई दिन बन्द२०२६ सेप्टेम्बर २४एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, करातेमा तेन्जिङ शेर्पाले जिते कास्य२०२६ सेप्टेम्बर २४कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई२०२६ सेप्टेम्बर २३मलेसियाली समकक्षीसँग प्रधानमन्त्री शाहले भने- ‘सिन्डिकेट र बिचौलियातन्त्र स्वीकार्य छैन’२०२६ सेप्टेम्बर २३संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै२०२६ सेप्टेम्बर २२