Thursday, 17 October 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसौर्य एयर दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयाेग गठन,शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने !

सौर्य एयर दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयाेग गठन,शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने !


काठमाडौं । सरकारले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न आयाेग गठन गरेको छ । आजको मन्त्रिपरिषद् बैठकबाट रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्य रहेकाे समिति गठन गरिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभएको हो ।

समितिले दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्तो दुर्घटना हुन नदिन सुझावसहितको प्रतिवेदन पेश गर्नेगरि ४५ दिनको म्याद दिइएको छ । मन्त्रिपरिषद वैठकले १८ जनाको ज्यान जानेगरि आज भएको जहाज दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।

सरकारले दुर्घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ