Wednesday, 7 August 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबंगलादेशकी प्रधानमन्त्री हसिनाले छाडिन देश, सेनाले अन्तरिम सरकार बनाउँदै !

बंगलादेशकी प्रधानमन्त्री हसिनाले छाडिन देश, सेनाले अन्तरिम सरकार बनाउँदै !


काठमाडौं, ढाका । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले अन्तरिम सरकार गठनको तयारी थालेको छ । देशभरमा चर्किएको विद्यार्थी आन्दोलन र राजीनामाको मागबिच सोमबार प्रदर्शनकारीहरूले हसिनाको सरकारी आवासमा ढुंगामुढा गरेलगत्तै राजीनामा दिएर उनी भारतर्फ भाग्नुभएको हो ।

शेख हसिना सत्ता छाडेर भारत पुगेसँगै सेना प्रमुख जनरल वाकर–उज–जमानले देशबासीको नाममा सम्बोधन गर्दै अन्तरिम सरकार बनाउने तयारी गरिरहेको जानकारि गराउनुभयो । अहिलेको अवस्थाको सारा जिम्मेवारी आफूले लिएको दाबी गर्दै सेना प्रमुख जमानले देशले निकै कष्ट भोगिसकेको, अर्थतन्त्र मारमा परेको र कयौँको ज्यान गइसकेकाले हिंसा अहिले नै रोक्न देशवासीलाई आह्वान गर्नुभएको छ । आफ्नो सम्बोधनपछि स्थितिमा सुधार आउँछ भन्ने आशा गर्नुभएका सेना प्रमुखले स्थिति राम्रो भयो भने आपत्काल लगाउनु पर्ने जरुरी नहुने बताउनुभएको छ । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिइसकेको अवस्थामा शान्त भएर सेनालाई सघाउन अब विद्यार्थीहरू तयार होलान त ? सबैको चासो यतातर्फ छ ।

बंगलादेशमा भर्खरै सम्पन्न चुनावमा व्यापक धाँधली भएको भन्दै सबै विपक्षी दलहरूले बहिष्कार गरेका थिए । अब यतिबेला सबैको नजर बंगलादेशको सेनातर्फ सोझिएको छ । विद्यार्थी आन्दोलनका कारण ९० को दशकदेखि सत्तामा एउटै राजनीतिक दलको हातमा रहेको सत्ता ढलेको छ । बंगलादेशको स्थापना भएदेखि सेनाले पटकपटक ‘कू’ गरेको भएपनि सफल हुन सकेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ