Friday, 9 August 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा १८ वर्ष मुनिको जनसंख्या नै झन्डै एक करोड, बालिका भन्दा बालक बढी !

नेपालमा १८ वर्ष मुनिको जनसंख्या नै झन्डै एक करोड, बालिका भन्दा बालक बढी !


काठमाडौं । नेपालमा १८ वर्ष मुनिको जनसंख्या नै झन्डै एक करोड रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत शुक्रबार सार्वजनिक गरेको बालबालिकासँग सम्बन्धित तथ्यांक अनुसार देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७ वर्षसम्म) रहेको देखिएको हो ।

नेपालमा रहेका बालबालिकाको यो जनसंख्या कुल जनसंख्याको ३३ दशमलब ८ प्रतिशत हिस्सा हुनजान्छ । जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७९ जना रहेको छ । कुल जनसंख्यामा भने पुरुषको तुलनामा महिलाको धेरै देखिदा बालबालिकामध्ये बालकको संख्या धेरै देखिएको छ देशभर रहेको बालबालिको संख्यामध्ये बालक ५१ दशमलब ८ प्रतिशत र बालिका ४८ दशमलब २ प्रतिशत रहेको छ ।

बालबालिकामध्ये पनि १० देखि १४ वर्षसम्मका बालबालिकाको संख्या अधिक छ । यो वर्गमा कुल बालबालिकाको २९ दशमलब ५ प्रतिशत हिस्सा तथ्यांकले देखाएको छ । यसपछि ५ देखि ९, ४ वर्ष भन्दा कम र १५ देखि १७ वर्षसम्मका बालबालिको हिस्सा जनगणाको बालबालिका सर्वेले देखाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ