Sunday, 18 August 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकामा २८ वर्षीया नेपाली नर्स दुई सातादेखि बेपत्ता, प्रहरी भन्छ शंकास्पद !

अमेरिकामा २८ वर्षीया नेपाली नर्स दुई सातादेखि बेपत्ता, प्रहरी भन्छ शंकास्पद !


काठमाडौं। अमेरिकाको भर्जिनिया राज्यमा कार्यरत् २८ वर्षीया नेपाली नर्स दुई सातादेखि बेपत्ता हुनुभएको छ । अन्तिम पटक जुलाई ३१ (१६ साउन) मा मनसास पार्कमा देखिनुभएकी ममता काफ्ले सम्पर्कविहीन भएको भन्दै अहिले खोजी भैरहेको छ ।

मनसास पार्कमा साथीभाइहरु स्वेच्छिक रुपमा भेलार हराउनुभएकी ममता काफ्ले बारे सबैलाई थाहा होस् र खोज्न सहज होस भन्दै प्लेकार्ड प्रदर्शन गरेका छन् । मनसास पार्क पुलिस विभागले बेपत्ता भएको धेरै समय भएकाले शंकास्पद मानेको छ । काफ्लेको खोजीका लागि अनुसन्धान अधिकृतहरुले छिमेकी, आफन्त, साथीभाइ र उनका श्रीमान्सँग पटकपटक सोधपुछ गरिएको छ । खोजीका लागि अनुसन्धानका विभिन्न विधिको प्रयोग गरिएपनि फेला पार्न नसकिएको बताइएको छ ।

श्रीमान्ले तीन दिनपछि मात्र प्रहरी कहाँ बेपत्ता बारे खबर गर्नुभएको बताइएको छ । यसपछि गुप्तचरहरुले पनि व्यापक जाँच गरेको भएपनि पछिल्ला दिनहरुमा उनको परिवार, साथीभाई र काम गर्ने ठाउँमा निकै कम सम्पर्क हुने गरेको बाहेक अरु खुलेको छैन । पूर्वसहकर्मी सुनिता बस्नेत थापासहितका साथिभाईले घर फर्किन आग्रह गदैआएका छन् । ११ महिनाको बच्चाको हेरचाह गरिरहनुभएका श्रीमानले जतिसक्दो चाँडो भेट्टाउनुपर्ने भन्दै समाज र प्रहरी सबैलाई सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ