Sunday, 15 September 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअस्ट्रेलियाको लागि नेपाली राजदूत बन्दै चित्रलेखा यादव, को हुन उनी ?

अस्ट्रेलियाको लागि नेपाली राजदूत बन्दै चित्रलेखा यादव, को हुन उनी ?


काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएकी पूर्वमन्त्री चित्रलेखा यादव अष्ट्रेलियाको लागि नेपाली राजदूत बन्नुहुनेभएको छ । सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा अस्ट्रेलिया कांग्रेसको भागमा परेको आधारमा यादवको नाम सिफारिस गरिएको हो ।

यसअघि अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस हुनुभएकी कान्ता रिजालको ठाउँमा अब यादवलाई राजदूत बनाएर पठाउन लागिएको छ । रिजाल इजरायलबाट फिर्ता हुँदा सहयोगी स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि नाम सिफारिस भएर पनि सुनुवाईका क्रममा फिर्ता लिइएको थियो । मन्त्रिपरिषद् बैठकले नाम सिफारिस गरेपछि संसदीय सुनुवाई प्रक्रियामार्फत नियुक्तिले पुर्णता पाउनेछ ।

को हुन यादव ?
सन् १९६५ मा सिराहामा जन्मिनुभएकी चित्रलेखा यादव नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ । यादव कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख समेत बनिसक्नुभएकी व्यक्ति हुनुहुन्छ । यादवसँग सुशिल कोइराला सरकारको पालामा शिक्षा मन्त्री बन्नुभएको अनुभव समेत छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ