Friday, 4 October 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजनताले भोगिरहेको साझा राष्ट्रिय पीडा सबै मिलेर सामना गरौँ : प्रधानमन्त्री ओली

जनताले भोगिरहेको साझा राष्ट्रिय पीडा सबै मिलेर सामना गरौँ : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडाका रुपमा लिएर सहयोग गर्न सबैसँग अपिल गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सिंहदरबारमा पत्रकारसम्मेलन गर्दै जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन सबैलाई आव्हान गर्नुभएको हो ।

पत्रकारसम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘यो सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ । कतिपय संरचनागत त्रुटीका कारण पनि क्षतिहरु भएका छन् । आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरुपमा सबल संरचना बनाइनेछ ।’ प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारी र आँकलन भन्दा ठुलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमीकमजोरी भएको हुनसक्ने स्विकार गर्नुभएको छ । आगामी दिनमा भएगरेका कमिकमजोरी सच्याउने प्रतिबद्धता प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभएको छ । राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्ने, सिंगो देश एकजुट भएर समस्या समाधानमा जुट्नेपर्ने प्रधानमन्त्री ओलीको मत रहेको छ ।

सरकारको पछिल्लो तथ्यांक अनुसार पछिल्लो एक साताको बाढी\पहिरोबाट २१ जिल्ला बढी प्रभावित भएका छन्, १७ अर्बभन्दा बढीको क्षति भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ