Tuesday, 21 January 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालबाट जारी हुने भिजिट भिसामा कडाइ, सक्रिय बन्दै नेपालस्थित अध्यागमन कार्यालय !

नेपालबाट जारी हुने भिजिट भिसामा कडाइ, सक्रिय बन्दै नेपालस्थित अध्यागमन कार्यालय !


काठमाडौं । रोजगारीका लागि विदेश जानेहरु भिजिट भिसामा जाने क्रम बढेसँगै सरकारले फेरि अध्यागमनमै कडाइ गर्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले गत साता कुवेत उड्न लागेका २२ महिलालाई एकैपटक विमानस्थलले घर फर्काएपछि भिजिट भिसामा थप कडाइ गरेको हो ।

२०८० १० माघ मा सरकारले विभिन्न कागजात र मापदण्ड तोक्दै भिजिट भिसामा खुकुलो व्यवस्था गरेको थियो । तर, एक वर्ष पनि नबित्दै चालु मंसिर महिनाबाट फेरि कडाइ गर्न थालिएको छ । अध्यागमनले भिजिट भिसामा विदेश जान लागेकाहरुलाई गन्तब्य देश र यात्राको उद्देश्यबारे केरकारसँगै क्रस भेरिफिकेसन समेत गर्न थालेको छ । यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार व्यवस्थापन महाशाखाका सहसचिव जीवलाल भुसालको नेतृत्वमा समिति बनाएर भिजिट भिसामा श्रम गर्न जानेहरुलाई रोक्न के–के गर्ने भन्ने तयारी समेत थालेको छ ।

यो बीचमा खाडी मुलुक, क्रोएसिया र पश्चिम युरोपेली देश जान हिँडेका नेपाली महिलाहरु विमानस्थलबाट धेरै फर्काइएका छन् । रोजगारीको उद्देश्यले भिजिट भिसामा विदेश जानेहरु ठगीमा परेर अवैध
रुपमा काम गर्न बाध्य छन् । सरकारले अध्यागमनमै सेटिङ गरेर भिजिट भिसामा श्रमिक पठाउने क्रम बढेको भन्दै १० माघ २०८० मा नयाँ कार्यविधि जारी गरेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ