Tuesday, 10 December 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसभापति लामिछानेमाथी ज्यादती भएको भन्दै रास्वपाले दियो मानवअधिकार आयोगमा उजुरी

सभापति लामिछानेमाथी ज्यादती भएको भन्दै रास्वपाले दियो मानवअधिकार आयोगमा उजुरी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लग्ने क्रममा मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । कात्तिक २ मा प्रहरीले पक्राउ गरेदेखि नै विभिन्न किसिमले मानसिक यातना दिने भइरहेको बारे ध्यानाकर्षण गराउदै रास्वपाले आयोगमा उजूरी दिएको हो ।

राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको आयोगमा दर्ता गरिएको उजूरीमा उल्लेख छ । मंसिर २० गते मध्यराति चितवनबाट पोखरा स्थानान्तरण र्दा राज्य संयन्त्रको दुरुपयोग गरिएको, प्रहरीले डायरी खोस्ने लगायत सुतिरहेको व्यक्तिमाथी अमर्यादित व्यवहार भएको रास्वपाको दाबी छ । राज्य संयन्त्रले नियोजित रुपमा सञ्चारमाध्यमहरूको प्रयोग गरी लामिछानेलाई अपराधीका रुपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न गरेको तर्फ समेत रास्वपाले उजुरीमा ध्यानाकर्षण गराएको छ ।

निवर्तमान उपप्रधान एवम् गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेविरुद्ध भएका मानवअधिकार हनन्का घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिनको माग रास्वपाले अघि सारेको छ । राज्यको न्यायिक पद्दति,कानुनी शासन र लोकतान्त्रिक मानवअधिकारको रक्षाका लागि मानवअधिकार आयोगबाट आवश्यक कदम अघि बढ्ने विश्वास रास्वपाले गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ