संसद विघटनविरुद्धका सबै रिट अब संवैधानिक इजलासमा
काठमाडौं । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्तिविरुद्ध परेका रिटउपर सुनुवाइका लागि संवैधानिक इजलास गठन भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा गठन भएको इजलासमा न्यायाधीशहरू सपनाप्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहनुभएको छ ।प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका १६ वटा रिटमा बुधबारदेखि नै एकमुष्टरूपमा प्रारम्भिक सुनुवाइ सुरु भएको छ ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया