देशभर वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपात (फोटो फिचर)
काठमाडौं । अहिले काठमाडौंसहित देशका विभिन्न भागमा पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभावले हल्का वर्षा भाई रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको सक्रिय प्रभाव र अरब सागरमा बनेको न्यून चापीय प्रणालीका साथै बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव देशैभरी परेको र केही समय रहने जानकारी दिएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा बदलीदेखिदा तराईका भू–भागमा सामान्य बदली देखिएको छ ।
गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमासमेत हल्का वर्षा भएको विभागले जनाएको छ । काठमाडौं उपत्यकामा बिहानै देखि हल्का वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


















तपाईको प्रतिक्रिया