जाडोयाममा बदामको महत्व, काठमाडौंमा बढ्यो ब्यापार
काठमाडौं । जाडोयाम सुरु भएसँगै काठमाडौं उपत्यकाका हरेक चोक, सडक र चौरमा बदामको बिक्री बढ्न थालेको छ । यो मौसममा पारिलो घाममा बसेर बदाम खाँदै साथीभाइसँग गफ गर्दै बस्नु छुट्टै आनन्द मान्ने गरिन्छ।
बदाम एक पौष्टिक तत्वले भरिपूर्ण खाद्य वस्तु पनि हो । यसमा भरपूर मात्रामा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइँछ । बदाम खानाले मुटुको रक्त केशिकहरु स्वस्थ रहनुका साथै कोलेस्ट्रोललाई कम गर्न सकिने चिकित्सकहरु बताउँछन् । बदामको मूल्य मात्रा र गुणस्तरअनुसार मुठीदेखि पाथीसम्म ५० रुपैयाँदेखि ३५० रुपैयाँसम्म पर्ने गर्दछ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी (सफल प्रकाश श्रेष्ठ)

















तपाईको प्रतिक्रिया