Wednesday, 12 November 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News६० करोड बढी खर्च भएको भरतपुर क्रिकेट रंगशालाको प्रतिवेदन

६० करोड बढी खर्च भएको भरतपुर क्रिकेट रंगशालाको प्रतिवेदन

धुर्मुस—सुन्तलीलाई कहिले मिल्ला ऋण र मानसिक बोझबाट मुक्ति ?


काठमाडौं । भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्दा भोग्नुपरेको हैरानी र मानसिक तनाबबाट धुर्मुस—सुन्तलीले छुटकारा पाउने आशा पलाएको छ । त्रिभूवन विश्वविद्यालयको पुल्चोक इन्जिनियरिङ कलेजले भर्खरै मात्र सार्वजनिक गरेको रंगशाला निर्माणको अध्ययन प्रतिवेदनपछि धुर्मुस—सुन्तलीले बर्षौको हैसानी, गालीबेइजतीबाट न्याय पाउने आशा गर्न थाल्नुभएको छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसको अध्ययन प्रतिवेदनले धुर्मुस सुन्तली फाउण्डेशनले ४० करोड उठाएको रकम बढी ६० करोड बढीको भौतिक संरचना निर्माण गरेको देखाएको छ । यसअघि नै भरतपुर महानगरपालिकाले गरेको अध्ययन प्रतिवेदनले ५८ करोड लगानी गरेर भौतिक संरचना बनाएको देखाएको थियो । दुबै प्रतिवेदनले निर्माण सामाग्री ल्याउदाको, कर्मचारीको रासन लगायतको ऋण १८ करोड रहेको देखाएको छ । यसै आर्थिक वर्षमा १५ करोड बजेट संघीय सरकारले छुट्याएकोमा पुल्चोक इन्जिनियरिङ क्याम्पसको अध्ययन प्रतिवेदनका आधारमा भरतपुर महानगरले यो बजेट पाउनेछ ।

देशका लागि क्रिकेट पूर्वाधार बनाउदा बोल्नुपरेको ऋण तिरिदिन बजेट माग्दै र अनावश्यक मानसिक बोझबाट छुटाकारका लागि हारगुहार गर्दै वर्षौदेखी सिताराम कट्टेल धुर्मुस सिंहदरबार लगायतका सरकारी अड्डा धाईरहनुभएको छ । अब सरकारले बजेट व्यवस्था गरेर क्रिकेट रंगशाला निर्माण गर्दा ब्यहोर्नुपरेको ऋण तिरिदिने, मानसिक तनाव र गालीबेइजतिबाट छुटाकारा मिल्ने आशा सिताराम कट्टेल धुर्मुसले गर्नुभएको छ । २०७२ सालको भूकम्पले देशमा ठूलो क्षती गर्दा धुर्मुस सुन्तली फाउण्डेशनले नै देशका विभिन्न स्थानमा बस्ती बनाएर समाजिक क्षेत्रमा अब्बल काम गरेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ