अष्ट्रेलियामा नेपाली युवती वेपत्ता, खोजीदिन बहिनीको आग्रह

न्यु क्यासल
अष्ट्रेलियामा ३ दिनदेखि एक नेपाली युवती बेपत्ता भएकी छिन् । फेसबुकमा आत्महत्या गर्ने भावको स्टाटस लेखेर सम्पर्क विहिन भएपछि आफन्तमा चिन्ता बढेको छ ।
न्यु साउथ वेल्सको न्यु क्यासलमा बस्दै आएकी अधिकारी थरकी युवती हराईरहेको सुचना व्रिजवेनमा बस्ने बहिनीले फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् ।
तास्लिमन केसी नामकी बहिनीले आईतबार फेसबुकमा लेखेकी छिन् –
‘सिड्नी र न्यु क्यासलमा बस्नेहरु मेरी दिदि खोज्न सहयोग गरिदिनुहोला । फेसबुकमा आत्महत्या गर्ने जस्तो स्टाटस लेखेर मेरी दिदि ३ दिनदेखि सम्पर्कविहिन भएकी छिन् । ठेगाना नभएकाले प्रहरीले पनि खोजी गर्न सकेन । त्यसैले तपाईसंग केही सुचना छ भने सहयोग गर्नुहोला ।’

ब्रिजवेनमा बस्दै आएकी ती युवती गत जुलाईमा न्यु क्यासल सरेकी थिईन् । म्युजिक भिडियो समेत खेलेकी ती युवती व्रिजवेनमा कलाकारको रुपमा समेत चिनिन्छन् । व्यक्तिगत गाेपनियताका कारण हामीले युवतीकाे पहिचान गाेप्य राखेका छाै ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




