अष्ट्रेलियाकाे नेपाली राजदुतमाथी मानव तस्करीकाे आराेप लगाउने ओङ्छु फरार अभियुक्त
नेपालकाे न्युज २४ टेलिभिजनकाे कार्यक्रम सिधा कुरा जनतासँगमा फाेन गरि अष्ट्रेलियाका राजदुतमाथी मानव तस्करीकाे आराेप लगाउने व्यक्ति आफै फरार अभियुक्त रहेकाे खुलेकाे छ ।
नेपाली दुतावास क्यानवेराले जारी गरेकाे विज्ञप्तीमा आराेप लगाउने ओङ्छु शेर्पाले राजदुतकाे निवासबाट सन् २०१७ नाेभेम्बर २१ मा सुन र नगद चाेरी गरेर फरार भएकाे उल्लेख छ । त्यस्तै, उनले सिंगापुर र नेपालमा पनि ठगी गरेकाे उजुरी दुतावासमा लिखित गुनासाे आएपछि छानविनका लागि अष्ट्रेलियाकाे परराष्ट्र मन्त्रालय, नेपालकाे पराराष्ट्र र प्रहरीलाई कारवाहीकाे लागि जानकारी गराएकाे विज्ञप्तीमा भनिएकाे छ ।
ओङ्छु शेर्पाले अष्ट्रेलियाकाे नक्कली भिषा बनाई साेझासाझा नेपालीसग लाखाै रुपैया ठगी गरेकाे प्रमाण दुतावासमा पुगेपछि ओङ्छु फरार भएकाे दुतावासकाे दावी छ । उनी राजदुतकाे भान्छे भएर अष्ट्रेलिया आएका थिए ।
उनी विरुद्ध सर्वाेच्च अदलतमा परेकाे मुद्धा विचाराधिन छ । ठगी मु्द्दामा उनकाे श्रीमति केन्द्रिय कारागारमा छिन् ।
ओङ्छुलाई पक्राउ गर्न नेपाल प्रहरीमार्फत ईन्टरपाेललाई खबर गरिसकिएकाे दुतावासकाे भनाई छ ।
राजदुतमाथी लगाईएकाे आराेपमा कुनै सत्यता नभएकाेले भ्रममा नपर्न दुतावासले आग्रह गरेकाे छ ।
तपाईको प्रतिक्रिया