Wednesday, 24 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रतिनिधिसभा विघटनविरुद्ध सांसदको हस्ताक्षरसहित दायर रिटमा आज पेसी

प्रतिनिधिसभा विघटनविरुद्ध सांसदको हस्ताक्षरसहित दायर रिटमा आज पेसी


काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध ६८ सांसदले दायर गरेको रिटमा आज पेसी तोकिएको छ । पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले मंगलबार ६८ सांसदहरुको वारेसमार्फत् रिट दायर गर्नुभएको हो ।

यसअघि प्रतिनिधि सभा विघटनविरुद्द गत मंसिर १० गते नेकपा एमालेका ७५ सांसदहरुले र मंसिर २३ गते कांग्रेसका ८ जना सांसदहरुले रिट दायर गर्नुभएको थियोे । यही पुस २ गते सर्वोच्चले ८ सांसदको रिटमा कारण देखाउ आदेश जारी गरेको थियो । सबै  रिटमा प्रतिनिधि सभा विघटन असंवैधानिक भएको जिकिर गर्दै पुनर्स्थापनाको माग गरिएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलेपछि प्रतिनिधि सभा विघटन गरी २७ गते सुशीला कार्की नेतृत्वको चुनावी सरकार गठन भएको थियोे ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ