Sunday, 28 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalरास्वपा-बालेन भागबण्डा : समानुपातिक बन्द सूचीमा ७०/४० बाँडफाँड

रास्वपा-बालेन भागबण्डा : समानुपातिक बन्द सूचीमा ७०/४० बाँडफाँड


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउदा बालेन शाहको भागबाट ४० जनाको नाम समेटिने भएको छ । ७ बुँदे सहमतिमा यो भागबण्डाको विषय नसमेटिए पनि रवि लामिछाने र बालेनबीच आइतबार बिहान यस्तो सहमति भएको हो ।

निर्वाचन आयोगमा आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको बन्द सूची बुझाउने कार्यक्रम रहेकाले छ । समानुपातिकतर्फ ११० जनाको नाम बुझाउनुपर्नेमा अब आन्तरिक भोटिङमा लोकप्रिय मत पाउनेमध्येबाट रास्वपाका ७० जना र बालेन पक्षका ४० जना बन्द सूचीमा रहनुहुनेछ ।

समानुपातिकतर्फ शाह पक्षबाट बुझाउनुपर्ने ४० जनाको नाममा विभिन्न जेनजी समूहका अगुवा र सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरु समेटिने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ