Sunday, 8 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaटि- २० विश्वकप क्रिकेट : नेपालले आज इङ्गल्याण्डसँग खेल्दै

टि- २० विश्वकप क्रिकेट : नेपालले आज इङ्गल्याण्डसँग खेल्दै


काठमाडौं । टि- २० विश्वकप क्रिकेटअन्तर्गत नेपालले आज इङ्गल्याण्डसँग खेल्दैछ ।

भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा दिउँसो ३ :१५ बजेबाट सुरुहुने खेल जित्ने लक्ष्यसहित नेपाली टिम मैदान उत्रिदैछ । नेपालका टिम कप्तान रोहित पौडेलले बलियो टिमसँगको खेलमा प्रेसर भएपनि उत्कृष्ट प्रदर्शन गर्ने नेपालट्युबसँग बताउनुभयो । टि–ट्वान्टी विश्व वरियतामा तेस्रो नम्बरमा र नेपाल १६औं स्थानमा छ।

सन् २०१४ मा पहिलो पटक र २०२४ मा दोस्रोपटक टी–२० विश्वकप खेलेको नेपाल यो पटक सुपर ८ पुग्ने लक्ष्यमा छ । नेपाल रहेको समूह ‘सी’ मा इङ्ल्यान्ड, दुईपटकको च्याम्पियन वेस्ट इन्डिज, डेब्यु टोली इटाली र स्कटल्यान्ड रहेका छन्। Photo :CAN



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ