प्रत्यक्षतर्फ १६५ वटै क्षेत्रको निर्वाचन परिणाम, रास्वपाको १२५ जित
अरु कुन दलले जिते कति सिट ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ ।
आयोगका अनुसार प्रत्यक्ष तर्फ रास्वपाले १२५, नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ । स्वतन्त्र उम्मेदवार बैज्ञानिक महावीर पुनले समेत चुनाव जित्नु भएको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार अबेरराति सार्वजनिक भएको थियोे । संखुवासभामा रास्वपाका मिङ्मा शेर्पालाई एमालेका अर्जुनकुमार कार्कीले पराजित गर्नुभएको छ ।
उम्मेदवारी खारेजपछि विवादित बनेको धनुषा-१ मा आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मातृकाप्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र दिएको छ । उम्मेदवारी खारेज भएपनि रास्वपा उम्मेदवार अदालत जानुभएको छ ।
















तपाईको प्रतिक्रिया