Tuesday, 10 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleचैत्य धान रोप्न व्यस्त सप्तरीका किसान (७ फोटोमा हेरौँ)

चैत्य धान रोप्न व्यस्त सप्तरीका किसान (७ फोटोमा हेरौँ)


काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना सकेर जितेकाहरु संसद भवन पस्न लाग्दा भोटदाता किसानहरु भने आफ्नो नियमित कृषी काममा फर्किएका छन् । अबको सरकारले किसानको लागि समयमा मलखाद, सिँचाइ, विद्युत लगायतका मागहरु पुरा गरिदियोस भन्ने आशासहित किसान चैत्य धान रोप्न खेततिर पसेका हुन ।

यतिबेला सप्तरीका किसानहरु चैते धान रोपाइँका लागि आफ्नो खेतमा व्यस्त छन् । चैत्य धानका लागि फागुन महिनामा बिउ छर्ने, चैतको सुरूमा रोप्ने र जेठ १५ देखि भित्राउने गरिन्छ । ८० देखि ९० दिनको छोटो समयमा यो धान उत्पादन भएपनि मङ्सिरमा उत्पादन हुने धान भन्दा दोब्बर उत्पादन हुँदै आएको सप्तरीका किसानहरु बताउछन् । तर बेमौसमी धान उत्पादन खर्चिलो भएको स्थानीय किसानको अनुभव छ ।

बिउ उखेल्नु, खेत जोत्नु, रोप्नु, घाँस उखेल्नुभन्दा महँगो सिँचाइमा लाग्ने गरेको छ । बिजुलीले बोरिङबाट सिँचाइ गर्यो भने कट्ठाको दुई सय र डिजल माध्यमले सिँचाइ गर्यो भने तीन सय खर्च हुने गर्दछ । सुख्खा समय भएकोले ४ दिनको फरकमा सिँचाइ गर्नुपर्ने हुन्छ । यसले खर्च धेरै लाग्ने गरेको किसनहरुको अनुभव छ । सप्तरिका किसान सिँचाइको निःशुल्क व्यवस्था मिलाउनु पर्ने माग गरिरहेका छन् ।

सप्तरीको १८ वटा पालिकामध्ये विष्णुपुर गाउँपालिका छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपलिका तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका, रूपनी गाउँपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, बोदेबरसाइन नगरपालिका, खडक नगरपालिका र शम्भुनाथ नगरपालिका सहितका स्थानका २ हजार ५ सय हेक्टर जग्गामा चैते धान लगाउँदै आइएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ। कृषि मन्त्रालयको तथ्यांक अनुसार नेपालमा चैते धान उत्पादन क्षमता ‘असारे धान’ भन्दा धेरै हुने गरेको देखिन्छ ।

नेपालमा चैते धान १ लाख ८ हजार ६ सय ७ हेक्टरमा खेती हुँदा ५ लाख ४० हजार ३ सय ३१ टन उत्पादन हुने गरेको छ । जुन ४ दशमलब ९८ टन प्रतिहेक्टर हुन्छ । असारे धान १३ लाख ३९ हजार १ सय ८२ हेक्टरमा खेती हुँदा ४९ लाख ४६ हजार १ सय ४१ टन अर्थात् ३ दशमलब ७४ टन प्रतिहेक्टर मात्रै हुने गरेको छ । Photo- NPL

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ