Tuesday, 10 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकेमिकल पिउदा : अष्ट्रेलियामा ६ वर्षिया नेपाली बालक भेन्टिलेटरमा !

केमिकल पिउदा : अष्ट्रेलियामा ६ वर्षिया नेपाली बालक भेन्टिलेटरमा !

आर्थिक सहयोगका लागि गोफण्डमी अभियान


काठमाडौं । जुस भनेर ओभन सफा गर्ने केमिकल पिउदा अष्ट्रेलियामा ६ वर्षिया नेपाली बालक भेन्टिलेटरमा पुग्नुभएको छ ।

सिड्नीको ओलंगनमा बस्ने नेपाली परिवारमा यो दुःखद घटना घटेको हो । आफ्नो छोरा ड्यानी खतिवडाले झुक्किएर रसाएन (केमिकल) पिउदा फेब्रुअरी २५ मा गम्भिर घाइते भएको र अहिले भेन्टिलेटरमा उपचार भइरहेको आमा सुस्मिता कार्कीले नेपालट्युबलाई जानकारि दिनुभएको छ । विशेष क्षमता भएका ड्यानीलाई छाडेर अर्को बच्चालाई स्याहार गर्दैगर्दा किचनमा पुगेर केमिकल पिएपछि मुख,घाँटी र पेटसम्मै गम्भिर जलन भएको पाइएको छ । उपचारमा संलग्न चिकित्सकहरुले जलन धेरै भएपनि उपचार जारी रहेको बताएका छन् ।

उपचारमा आर्थिक सहयोगका लागि गोफण्डमी अभियान
लामो समय अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएपछि आमा सुस्मिताले गो फण्डमी मार्फत सहयोग संकलन थाल्नुभएको छ । तपाई पनि भेन्टिलेटरमा उपचाररत ६ वर्षिया नेपाली बालकलाई सहयोग गर्न चाहानुहुन्छ भने यो लिंकमा गएर सकेको सहयोग गर्न सक्नुहुन्छ । आमा सुस्मिताले सकेको सहयोग गर्न सबै सहयोगीलाई आग्रह गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ