पोर्चुगलमा दुइ नेपाली दाजुभाईको मृत्यु

बासु सत्याल/पोर्चुगल
युरोपेली मुलुक पोर्चुगलमा आईतवार समुन्द्री किनारमा माछा मार्ने क्रममा छालले बगाएर एकै परिवारका दुई नेपालीको मृत्यु भएको छ।
मृत्यु हुनेमा धादिङ घर भएका कमल वाईवा र श्याम वाईवा रहेका छन । राजधानी लिस्बन नजिकै को कास्काइसस्थित बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्दै गर्दा दुबैलाई समुन्द्री छालले बगाएको थियो । त्यसपछि उनीहरु छालमा बेपत्ता भएका थिए। घटनाको जानकारी स्थानीय प्रहरीलाई दिनको १.४१ बजे प्राप्त भएपश्चात् समुन्द्री छालमा हराएका नेपाली दाजुभाईको खोजीकार्य थालेका थिए । क्यासकाइज लाइफगार्ड स्टेशन र मेरीटाइम पुलिसले खोजी गरेका थिए ।
घटनास्थल निकै नै जटिल र चट्टान नै चट्टानको क्षेत्र भएकोले उद्धारमा निकै कठिनाई भएको र स्पीडबोटहरूको प्रयोग गर्न पहुँचयोग्य नभएको उद्धारकर्मीहरुले जनाएका छन् ।यस कारणले गर्दा उद्धारको लागि समुद्री प्राधिकरणको वाटरक्राफ्ट परिचालन गरिएको थियो।समुन्द्री छालमा हराएका दुबै दाजुभाईलाई खोजी गरेर पानीबाट बाहिर निकाल्दा दुबैको मृत्यु भईसकेको प्रहरीले जनाएको
छ ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




