नेपालीको ‘नमस्ते’ कोरोना भाईरसबाट बच्न सहयोगी- साउथ अष्ट्रेलियन सांसद
एडिलेड/ सरल गुरुङ
साउथ अष्ट्रेलियाकी सांसद जिङ लिले कोरोना भाईरसको संक्रमण फैलन नदिन नमस्ते संस्कार उत्तम भएको बताएकी छिन् ।
पहिलो साधरणसभाका लागि साउथ अष्ट्रेलियाको एडिलेड पुगेका अष्ट्रेलियाका नेपाली पत्रकारलाई स्वागत गर्दै सांसद लिले नेपालीले हात जोडेर गर्ने नमस्ते संस्कारको चर्चा गरेकी थिईन् । पत्रकारलाई नमस्ते गर्दै संसद भवनमा स्वागत गरेकी सांसद तथा प्रिमियरकी सहायक मन्त्री लीले कोरोनाको संक्रमणबाट जोगिन हात मिलाउनुको साटो टाढैबाट गरिने नमस्ते उत्तम रहेको बताएकी हुन् ।
अष्ट्रेलियामा रहेका नेपालीले पनि नमस्ते संस्कार अरुलाई सिकाउन उनले आग्रह गरिन् । अष्ट्रेलियामा काेराेना भाईरसकाे संक्रमण बढेसंगै न्यु साउथ वेल्स सरकारले आफ्ना नागरिकलाई हात नमिलाउन र किस नगर्न निर्देशन दिएकाे छ ।
त्यस्तै सांसद लिले नेपालका महिलाहरुले पाएको राजनैतिक अधिकार उदाहरणिय रहेको समेत बताईन् । सन् २०१७ मा नेपाल भ्रमण समेत गरेकी लिले त्यहाँ आफुले आध्यात्मिक अनुभूति गरेको अनुभव समेत सुनाईन् ।
नेपाली पत्रकारलाई साउथ अष्ट्रेलियाको तल्लो र माथिल्लो सदनको भ्रमण गराउदै उनले संसदको ईतिहासको समेत व्याख्या गरेकी थिईन् ।
निकै हसिलो मुद्रामा प्रस्तुत भएकी लिले नेपालीहरु युवा आप्रवासी भएकाले अष्ट्रेलियाको शिक्षा, स्वास्थ्य र राजनैतिक क्षेत्रमा धेरै काम गर्न सक्ने समेत बताईन् ।
उनले आफु पनि मलेसियन चिनियाँ पृष्ठभूमीबाट आएको भन्दै आप्रवासीका लागि यहाँ धेरै अवसर रहेको बताईन् । लि सन् २०१० मा लिवरल पार्टीबाट सांसद निर्वाचित भएकी हुन् ।
नेपाली पत्रकारको सधारण सभा शनिवार
अष्ट्रेलियामा कार्यरत नेपाली पत्रकारहरुको पहिलो साधारण सभा शनिवार एडिलेडमा हुने भएको छ ।
साधारण सभाका लागि अष्ट्रेलियाभरबाट झण्डै २दर्जन पत्रकार एडिलेड पुगिसकेका छन् ।
अष्ट्रेलियन नेप्लिज जर्नलिष्ट एशोसियसन ९एन्जा० को गत वर्ष तदर्थ समिति गठन भएको थियो । हेमन्त काफ्लेको संयोजनको समितिले विधान लेखन, दर्ता र सदस्यता वितरण गरेर पहिलो अधिवेशन गर्न लागेको हो । झण्डै ३५ जनाले एन्जाको सदस्यता लिएका छन् । सहमतिबाट नै एन्जाको कार्यसमिति चयन हुने संयोजक काफ्लेले जानकारी दिए । पत्रकारको अधिवेशनको संयोजन कान्तिपुर दैनिकका अष्ट्रेलिया संवाददाता नारायण खड्काले गरेका हुन् । पत्रकारको सभामा भाग लिने अष्ट्रेलियाभरबाट एनआरएनए, समाजिक संस्था र शुभचिन्तकहरु एडिलेड आउदैछन् ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
तपाईको प्रतिक्रिया