NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

पत्रकारहरु अण्डा होईन, प्याज जस्ताे बन्नु पर्यो – राजदूत दाहाल

Nepaltube Australia

एडिलेड

अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालले पत्रकारहरुलाई मर्यादित रुपमा एकजुट भएर पेशागत धर्म निभाउनका लागि अनुरोध गरेका छन् ।

अष्ट्रेलियन नेप्लिज जर्नलिष्ट एशोसियसन (एन्जा) को अधिवेशनमा सहभागी हुन एडिलेड पुगेका राजदूत दाहालले पत्रकारहरुलाई प्याज जस्तो पत्रपत्रमा एकजुट हुन अनुरोध गरेका हुन् ।

‘अण्डा भित्तामा हान्दा फुट्छ, तर, प्याज फुट्दैन’- राजदूत दाहालले भने- ‘किनकी प्याज पत्रैपत्रले एकजुट भएको हुन्छ ।’

एन्जाको पहिलो महाधिवेशनले नेतृत्व छान्ने पुर्वसन्ध्यामा राजदूतको यस्तो सन्देश निकै अर्थपुर्ण छ । खासगरी अष्ट्रेलियाको एनआरएनए होस् या नेपालीका सामाजिक संघसंस्था नेतृत्व तहमा सधै लुछाचुडी हुदै आएको छद।
समाजलाई सुसुचित पार्ने जिम्वेवारी पाएको पत्रकारहरु पनि लुछाचुडी नगरी मिलेर अघि बढ्न राजदूतले सन्देश दिएका छन् ।
अष्ट्रेलियामा नेपाली पत्रकारलाई एकजुट गरि पेशागत धर्म र सामाजिक उत्तर दायित्वलाई अझ सशक्त बनाउन गत वर्ष एन्जा गठन भएको हो । एन्जाको पहिलो अधिवेशन शनिवार हुदैछ ।

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार