अष्ट्रेलियामा ४० प्रतिशत नेपाली महिलामाथी हिं सा
सरल गुरुङ/ब्रिजवेन
अष्ट्रेलियामा नेपाली समुदायको आकार बढेसंगै विभिन्न सामाजिक समस्याहरु समेत आकासिन थालेको छ । अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर ब्रिजवेनमा कार्यरत नेपालीमूलकी कानुन व्यवसायी बुनु गौतमले सार्वजनिक गर्नु भएको कार्यपत्रका अनुसार अष्ट्रेलियामा ४० प्रतिशत नेपाली महिलाले भावानात्मक हिं सा भोग्नु परेको देखाएको छ ।
गैर आवासिय नेपाली संघको महिला फोरम नारी निकुञ्जले ब्रिजवेनमा पहिलो पटक अन्तराष्ट्रिय नारी दिवस मनाएको हो । ओईवल हाईट्सस्थित सामुदायिक भवनमा आईतबार साझ भएको नारी दिवसको कार्यक्रममा महिला हिं साको अवस्था बारे कानुन व्यवसायी बुनु गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा गौतमले सन् २०१४ मा भएको एक अध्ययनका निष्कर्शलाई आधारका रुपमा प्रस्तुत गरेका छन् । सन् २०१४ यता पछिल्लो ६ वर्षमा नेपालीको जनसंख्या पनि बढेकाले हिं साको अवस्थामा पनि हेरफेर हुनसक्ने गौतमको भनाई छ । हाल अष्ट्रेलियामा झण्डै ढेड लाख नेपाली बसोबास गर्छन् ।
अष्ट्रेलियाभर ८५ प्रतिशत महिला याैन हिंसाबाट पीडित
सन् २०१७ मा अष्ट्रेलियाको तथ्यांक विभागले सार्वजनिक गरेको तथ्याकं अनुसार यहाँका ८५ प्रतिशत महिलाले यौ’न हिं सा भोग्ने गरेको पाईएको छ ।
गौतमकै कार्यपत्रमा समावेश गरिएको विवरण अनुसार ५ महिला मध्ये एक जनाले १५ वर्षको उमेर देखि नै यौ’न हिं सा भोग्ने गरेका छन् ।
त्यस्तै ४० प्रतिशत महिलाले छट्टिएर बस्दा समेत आफ्ना पार्टनरबाट हिं सा भोग्ने गरेका छन् । त्यसको उदाहरणको रुपमा दुई हप्ताअघि ब्रिजवेनमा छुट्टिएर बसेका पुर्व श्रीमानबाट एक महिला र उनकी तीन नाबालक सन्तानको ह त्या भएको छ ।
हिं सामा परेका महिलाले तत्कालै कानुनी सहायता लिन गौतमले सबैलाई आग्रह गरिन् । ‘हिं साले डरलाग्दो रुप लिएर शारिरीक र मानसिक यात’ना भोग्न पहिले नै कानुनी सहायता लिनु बुद्धिमानी हुन्छ’- कानुन व्यवसायी गौतमले भने ।
कार्यक्रममा संचारकर्मी मनिला सुवेदीले कार्यस्थलमा आफुले भागेको यौ’न उत्पी’डनका बारेमा मन्तव्य दिएकी थिईन् । उनले सबै नारीहरुले आफुमाथी भएको हिं सा बारे खुलेर आवाज उठाउनु पर्ने बताईन् ।
त्यस्तै कार्यक्रममा नारी निकुञ्ज कुईन्सल्याईण्डकी संयोजक सुनिता श्रेष्ठले महिलाहरुको शसक्तिकरण र उत्थानका लागि निकुञ्ज सधै अगाडी रहेको बताईन् । कार्यक्रममा पत्रकार सरल गुरुङले बनाएको नारी निकुञ्जको १० वर्ष यात्रा सम्बन्धी वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा एनआरएनए कुईन्सल्याण्डका संयोजक उमेश खड्काले महिला शसक्तीकरण घरभित्रैबाट सुरु गर्न सबैलाई आग्रह गरे ।
कार्यस्थलमा आफुमाथी भएकाे हिं सा बारे बाेल्दै संचारकर्मी मनिला सुबेदी
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
तपाईको प्रतिक्रिया