
ब्रिजवेन, कुइन्सल्याण्ड राज्यको पर्यटकिय शहर गोलकोष्टमा सवारी दुर्घटनामा परि ४ जनाको ज्यान गएको छ ।
कुईन्सल्याण्ड प्रहरीका अनुसार गोलकोष्टको एडभान्स टाउनमा शनिवार दिउसो दुई वटा सवारी साधन आपसमा ठोक्किएर दुर्घटना भएको हो । एउटा गाडीको चालकले नियन्त्रण गुमाएर विपरित दिशाबाट आईरहेको गाडीसंग ठोक्किएको प्रहरीले विज्ञप्तीमार्फत जनाएको छ ।
घटना स्थलमा आपतकालिन सेवादल पुगेको थियो । मृत्यु हुने चारै जना पहिलो गाडीमा सवारी रहेको प्रहरीको भनाई छ । सामान्य घाइते अर्को सवारीका चालकको भने गोलकोष्टमा उपचार भईरहेको छ । प्रहरीले घटनाकाे अनुसन्धान गरिरहेकाे छ । शनिवार दिनभरी नै ब्रिजवन र गोलकोष्ट क्षेत्रमा वर्षा भईरहेको छ । जसले सडकमा यात्रा गर्दा जोखिम बढाएको छ। photo – QLD police
तपाईको प्रतिक्रिया